म्युजिक भिडियो निर्देशक समाजको अध्यक्षमा बबिता श्रेष्ठ

काठमाडौं । नेपाल म्युजिक भिडियो निर्देशक समाजले नयाँ नेतृत्व पाएको छ । सुकेधारास्थित सेलिब्रेसन हाइटमा शनिबार आयोजित संस्थाको दोस्रो अधिवेशनले बबिता श्रेष्ठ ‘मलेकु’लाई नयाँ अध्यक्षमा निर्वाचित गरेको छ ।

प्रथम उपाध्यक्षमा डीआर सुजन, द्वितीय उपाध्यक्षमा जनक सिंह, महासचिवमा दयाराम घिमिरे, सचिवमा प्रवीण थापा, कोषाध्यक्षमा छत्रबहादुर श्रेष्ठ ‘काजिश’ र सहकोषाध्यक्षमा अञ्जन पुडासैनी छन् ।

सदस्यमा जयदत्त भट्ट, खमेश श्रेष्ठ, राजु श्रेष्ठ, देवेन्द्र कुवँर, राजकुमार दर्जी, सुरेन्द्र बसेल, रुद्रबहादुर बुढाथोकी शिशिर र संगीत सागर बुर्जा चयन भएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७