• २०८३ असार १६
  • 2026 June 30, Tuesday

बझाङमा एमालेको अग्रता कायमै

बझाङ । बझाङमा मतगणना जारी छ । अहिलेसम्म एमाले उम्मेदवार दमन भण्डारीले ३ हजार ७४८ मत पाउँदा कांग्रेस उम्मेदवार अभिषेक सिंहले ३ हजार १८२ मत पाएका छन् ।

हालसम्म माओवादी उम्मेदवार जनक बुढाले २ हजार ६ मत र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १४० मत प्राप्त गरेका छन् ।

बझाङमा ५० मध्ये अहिले सम्म १५ वडाको मतगणना सकिएको र अब ३५ वडाको वाकी रहेको छ । अहिले जनपृथ्वी नगरपालिका वडा नम्बर १ को मतगणना सुरु भएको छ ।