• २०८३ असार १६
  • 2026 June 30, Tuesday

इलाममा सुहाङ नेम्वाङको २ हजार २ सय ८२ मतको अग्रता, डम्बरको पछिपछि डकेन्द्र

काठमाडौं । इलाममा अहिलेसम्मको मतपरिणाम अनुसार निरन्तर एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । आज बिहानसम्म उनले मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।

बिहान सभा बजेसम्मको मतपरिणाममा सुहाङले ७६७७ मत पाउँदा कांगे्रसका उम्मेदवार डम्बर खड्काले ५३९५ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर २२८२ छ । यो अहिलेसम्मकै धेरै मतान्तर हो ।

तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४०५८ र चौैथोमा रास्वपा उम्मेदवार मिलन लिम्बुले ११६२ मत प्राप्त गरेका छन् । डकेन्द्रले आफ्नो मत निरन्तर उल्लेखिय रुपमा बढाउँदै गएका छन् ।