• २०८३ असार १६
  • 2026 June 30, Tuesday

इलाममा अहिलेसम्म रास्वपाको कमजोर मत, किन यस्तो ?

काठमाडौं । अहिले देशभरमा एउटा आवाज प्रायः गुन्जने गर्छ युवाको पालो, नयाँ चाहिँयो । तर उपनिर्वाचनको मतपरिणाम अनुसार त्यो विषयले निरन्तरता पाएन । जसरी यसभन्दा अघि चितवन र तनहुँको उपनिर्वाचनमा युवा र नयाँ भनेरै जनताले जिताएका थिए ।

के कारणले अहिले त्यसले गति पाएन त । यसमा धेरै गल्ति हुन् सक्छन् । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सामेल हुनु, रास्वपा सभापति रवि लामिछानेको विवादित छवि यसका मुख्य प्रभाव पार्ने विषय त हैनन ? सायद जनतालाई सोध्ने हो भने यहि कमजोरी औल्याउने गर्छन । यसो त इलामका उम्मेदवार मिलन लिम्बु झनै विवादित थिए । उनका आफ्नै अभिव्यक्ती भारी परेको हुनसक्छ । पूर्व माओवादी कार्यकर्ता, रास्वपाबाट चुनावमा उठ्देन भनेको भोलिपल्टै सहि पार्टीको उम्मेदवार हुने र जातिय भड्कावले जनताले नपत्याएको हुन सक्छन् । उता बझाङमा रास्वपाको मत खासै छैन् ।

यी विवादित विषयसँगै अर्को रास्वपाको चुनौतीको रुपमा पलायो स्वतन्त्र उम्मेदवार । जसले रास्वपालाई प्राप्त हुने भोट काटेर रास्वपाभन्दा धेरै मत प्राप्त गर्दे एमाले र कांग्रेसको रेसमा सामेल छ तर रास्वपा निकै कमजोर भएको छ । पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले ९००५ मत ल्याएर पहिलो स्थानमा अग्रता बनाइरहेका छन् ।

उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पछ्याइरहेका छन् । खड्काले अहिलेसम्म ६,३०२ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर २,७०३ छ । एमाले उम्मेदबार सुहाङले कांग्रेसका खड्कासँगको मतान्तर झन फराकिलो बढाउँदै गएका छन् । पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म ४,६३४ मत ल्याएका छन् ।

त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन् । उनले १,३८५ मत ल्याएका छन् । इलाम–२ मा अझै दुई तिहाई मत गन्न बाँकी छ । एक लाख १५ हजारभन्दा बढी मत भएको इलाम–२ मा ६९ हजार २ सय मत खसेको छ । यो कुल मतदाता संख्याको ६० प्रतिशत हो ।