• २०८३ असार १६
  • 2026 June 30, Tuesday

इलाममा सुहाङ नेम्बाङको मत १० हजार नाघ्यो, ३ हजार बढी मतको अग्रता

काठमाडौं । इलाम २ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङको मत १० हजार नाघेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ६ हजार ९ सय ४४ मत प्राप्त गरेका छन् । त्यस्तै पहिचानवादी पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ५ हजार ५ सय ९१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

रास्वपाका उम्मेदवार मिलन लिम्बू १ हजार ४ सय ४३ मत ल्याएका छन् । त्यस्तै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई सय ५८ ल्याएका छन् ।