• २०८३ असार १६
  • 2026 June 30, Tuesday

भाजपाको जारी लोकसभा निर्वाचन अवलोकन गर्न नेपालको पाँच दललाई निम्तो

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) लेजारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ।

भाजपाका विदेश विभाग इन्चार्ज डा. बिजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई आमन्त्रण गरेको हो भने दलका  प्रतिनिधिलाई बिजेपी मुख्यालयमा आज उपस्थित हुन भनिएको छ ।

भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात् भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरुलाई दिल्लीमा स्वागत बोलाएको हो ।
त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग नेपालसहित विभिन्न देशका प्रतिनिधिहरुले भेटवार्ता गर्ने जनाइएको छ । साथै, भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि प्रतिनिधिहरुले अन्तरक्रिया गर्ने कार्यक्रम छ।

कार्यक्रममा अष्ट्रेलियाको लिबरल पार्टी, भियतनामको कम्युनिस्ट पार्टी, बंगलादेशको अवामी लीग, इजरायलको लिकुड पार्टीका प्रतिनिधिहरु सामेल छन् ।