• २०८३ असार १७
  • 2026 July 01, Wednesday

रुखले थिचेर एकको मृत्यु

काठमाडौ। जुम्लाको कनकासुन्दरीमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ।

मंगलबार कनकासुन्दरी –१ न्यारीघाट बस्ने ३२ वर्षीय चन्दलाल कठायत रुख काट्न जंगलमा पुगेका थिए । सो क्रममा काटिसकेको रुखको मुडा गुडेर टाउकोमा लाग्दा बिहान कठाएतको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष भिम भण्डारीले जानकारी दिए ।

खबर पाउना साथ जिल्ला प्रहरी कार्यालय जुम्ला, प्रहरी चौकी चौथाबाट गएको टोलीले मुचुल्का उठाई घटनाबारे थप अनुसन्धान गरेको जनाएको छ ।