• २०८३ असार १७
  • 2026 July 01, Wednesday

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंशिक देखि साधारणतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल काठमाडौं उपत्यकासहित कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश देखि पश्चिम बंगाल सम्म रहेको निम्न चापिय क्षेत्रको प्रभावका कारण आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

आइतबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
आज देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।