• २०८३ असार १६
  • 2026 June 30, Tuesday

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको नयाँ अध्यक्षमा लोकगायक प्रकाश कटवाल निर्वाचित भएका छन् । शनिबार राती सम्पन्न संघको छैठौं केन्द्रिय महाधिवेशनमा भएको निर्वाचनले प्रकाशको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती, उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन), महासचिवमा विनोद ढकाल, उपमहासचिवमा मानबहादुर तामाङ र रबिन्द्र रिमाल, सचिबमा दिनेश डाँगी, शोभा थापा, आशा लामा, रुपक परियार निर्वाचित भए ।

यस्तै सहसचिवमा स्मृति गौतम, प्रवक्तामा सविन चौहान, कोषाध्यक्षमा गोविन्द गौतम र सह कोषाध्यक्षमा टीका सानु निर्वाचित भए । सदस्यहरुमा नवराज भट्टराई, कुलबहादुर वली, दिनेश भण्डारी, नक्कुलप्रसाद गौतम, प्रदिप रोक्का, अशोक सापकोटा, रुपेश पुडासैनी, ऐनबहादुर दौड्याल, दिलु बिसी, ढकबहादुर खत्री, उमेश शिवाकोटी, दिलबहादुर भण्डारी (दिनेश), यज्ञकुमारी रुचाल, शंकर ढकाल, सुमि श्रेष्ठ, निरुता खत्री, प्रतीमा अर्याल र सुजता केसी निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष प्रकाश कटवालले संस्थामा सबैलाई मिलाएर अगाडी बढाइने बताए । उनले कलाकारको हक हितमा नयाँ योजना, संघको आफ्नो भवन निर्माण, कलाकार कल्याणकारी कोष स्थापना र संगीत विकाश बोर्ड स्थापनमा आफ्नो प्राथमिकतामा रहेको जनाए ।