चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौँ । सोमबार संघीय संसद्अन्तर्गतका चार वटा समितिको बैठक बस्दैछ ।
सिंहदरबारस्थित समितिका सभाकक्षमा अर्थ समिति, उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने बस्ने भएको हो ।

जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैठकमा आ.व. २०८१/०८२ को बजेट तर्जुमा सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड नेपाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया हुनेछ ।

त्यस्तैगरी बिहान ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट हालसम्म भए गरेका कामकारबाही तथा आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा अन्तर–धार्मिक सहिष्णुता सम्बन्धमा मुस्लिम आयोगले खेल्दै आएको भूमिका तथा नेपाल हज व्यवस्थापनबारे छलफल हुने विषय वस्तु रहेको छ भने मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा संशोधनकर्तासँग छलफल हुनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१