उपेन्द्र यादवले दिए स्वास्थ्यमन्त्री पदबाट राजीनामा

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले राजीनमाा दिएपछि वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।

उनीहरुले सोमबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

मधेस प्रदेशमा एमाले र माओवादीले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि उनले सरकारबाट बाहिरिने निर्णय गरेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१