सभामुख र प्रमुख प्रतिपक्षी नेताबिच फोन संवाद

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवाबिच भर्खरै टेलिफोन संवाद भएको छ ।भोलि(मंगलबार) १ जेठमा संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा केन्द्रित रहेर दुइ नेतावीच सम्वाद भएको थाहा भएको छ ।

प्रमुख प्रतिपक्षी दलले सहकारी बचत अपचलनको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै संसदको वैठक अवरुध्द गर्दै आएको छ ।
सरकारले समिति गठन गर्ने कुनै तयारी नगरेकाले नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा पनि नेपाली कांग्रेस उपस्थित नहुने भनी आजै बिहान संसदीय दलको बैठकबाट निर्णय भएको थियो । यही बिषयमा प्रमुख प्रतिपक्षी नेता देउवासँग सभामुखले छलफल गरेको संसद सचिवालयबाट थाहा भएको छ ।

सभापति देउवाले छानविन समिति गठनको मागबाट आफ्नो पार्टी पछि नहट्ने पूर्वअडान नै सभामुखलाई सुनाएको उनको सचिवालयले जनाएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७