दलका प्रमुख सचेतकहरुसँग परामर्श गर्दै सभामुख

काठमाडौं । संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । सभामुख घिमिरेले दिउँसो १२: ३० बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लागेका हुन् ।

अपरान्ह ३ बजे संसदका दुवै सदनको संयुक्त वैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । यसअघि संसदको कार्यव्यवस्था समिति बसेर संयुक्त वैठकको तयारी र कार्यसूचि निर्णय गर्नुपर्ने छ ।

सभामुखले यिनै बिषयमा परामर्श गर्न प्रमुख सचेतकहरुसँग बस्न लागेका हुन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७