मुगुका किसानलाई भेडासहित भेडापालनका सामाग्री

मुगु । पशुपालनलाई जिविकोपार्जनको आधार बनाएँदै आएका मुगुका किसानहरूलाई भेडासहित भेडापालनका लागि आवश्यक पर्ने सामाग्रीहरु वितरण गरिएको छ ।जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले मुगुमकार्माराङ गाँउपालिका–९ का छायँयल, पापु र चिमाथ गाउँका ६१ परिवार किसानलाई भेडा र भेडापालनका सामाग्री उपलब्ध गराएको हो ।

किसानलाई भेडापालनमा प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले कार्यालयले अनुदानमा सामाग्रीहरु वितरण गरेको जनाएको छ ।
कार्यालयले भेडापालन गर्दै आएका किसानले प्रतिव्यक्ति एक–एक वटाका दरले भेडा, रेन्कोट, भेडाको ऊन कोर्ने काँगियो, कैँची, सादा पाल, सोलर, भ्याड, टर्च, सिलिपिङ ब्याग बितरण गरेको हो ।

कार्यालयका प्रमुख भीमचन्द्र बुढाले जिल्लामा व्यवसायिक भेडापालनको सम्भावना रहेकाले त्यसलाई बढावा दिनका लागि समेत अनुदानको कार्यक्रम राखिएको बताए । स्थानीयले प्रतिपरिवार ५० वटासम्म भेडा पाल्दै आएका छन् ।तर उपकरण खरिद गर्न आवश्यक रकम नहुँदा उनीहरुले त्यसलाई व्यवसायिक बनाउन सकिरहेका छैनन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७