आज पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज पनि देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेका कारण कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बेलुका कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१