यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको थियो ।

त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ८४ पैसा र बिक्री दर १४४ रुपैयाँ ४९ पैसा रहेको छ । सोमबार खरिद दर ४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसाका दरले कारोबार भएको थियो । आज बेलायती पाउण्डको खरिद दर १६७ रुपैयाँ २३ पैसा र बिक्री दर १६७ रुपैयाँ ९९ पैसा रहेको छ । सोमबार १६६ रुपैयाँ ९४ पैसा र बिक्री दर १६७ रुपैयाँ ७० पैसाले कारोबार भएको थियो ।

आज कतारी रियालको खरिद दर खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । सोमबार खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको थियो ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१