‘मोदीबेनी’ साउन १८ मा रिलिज हुने

काठमाडौं । फिल्म ‘मोदीबेनी’ आगामी साउन १८ गते रिलिज हुने भएको छ । फिल्मका निर्माता दिलीप केसीले वितरकसँगको सल्लाह अनुसार रिलिज घोषणा गरिएको बताए ।शंकर कोइराला निर्देशित फिल्मले पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनालाई प्रस्तुत गर्नेछ । फिल्मबाट अभिनेताका रुपमा कलाकार अमरप्रताप श्रेष्ठले डेब्यू गरेका छन् । उनको अपोजिटमा वर्षा शिवाकोटी छिन् ।

फिल्मबाट अभिनेत्री रेजिना उप्रेतीले करिब १२ वर्षपछि कमब्याक गरेकी छन् । फिल्ममा प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिसलगायतको अभिनय रहेको छ ।डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा आनन्दविक्रम क्षेत्रीको लेखन छ ।

दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्ममा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।

फिल्म रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् । फिल्मको पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७