![](https://hulaksanchar.com/wp-content/uploads/2023/01/sandy.jpg)
काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएकाे छ ।
उच्च अदालत पाटनमा बहस सकिएसँगै न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले घटना घटेकाे बेलाको सिसिटिभी फुटेज मगाएर हेर्न थालेकाे बताइएकाे छ ।
आजै फैसला आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएकाे छ। अदालतपरिसर बाहिर सन्दीपलाई न्याय दे भन्दै सन्दीपका समर्थक जम्मा भएका छन् ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले ८ वर्षको जेल सजाय सुनाएपछि सन्दीप यसको बदर माग गर्दै उच्च अदालत गएका हुन् ।