लन्डन टु पेरिसको गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

काठमाडौं । निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक भएको छ ।शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट फिल्मको यो रोमान्टिक गीत रिलिज गरिएको हो ।

गीतमा एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगी र नभिता पौडेलको स्वर छ ।रिकेश गुरुङ संगीत निर्माता रहेको गीतमा साहिल खानको सम्पादन छ । फिल्मको सार्वजनिक गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का र गरिमा शर्माबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा कविर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ ।अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । फिल्म यही जेठ २५ गतेबाट रिलिज हुँदैछ ।

फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।
रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१