• २०८३ साउन १०
  • 2026 July 26, Sunday

फुटबलरको विदाईः दुइ दशक खेलेर सन्यास लिँदैछन् सुनील क्षेत्री

फुटबलरको विदाईः दुइ दशक खेलेर सन्यास लिँदैछन् सुनील क्षेत्रीकाठमाडौं । भारतीय फुटबल कप्तान सुनील क्षेत्रीले एकमहिनापछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिने घोषणा गरेका छन् ।आउँदो महिना हुने विश्वकप छनोट खेलपछि सन्यास लिने क्षेत्रीले बताएका छन् । कुवेत विरुद्धको छनोट खेलपछि उनले देशको फुटबल खेलमा आफ्नो दायित्व पूरा हुने ठानेका छन् ।

त्यसपछि विश्राम लिने उनको चाहना छ ।३९ वर्षीय क्षेत्रीले आगामी जुन ६ मा कुवेत विरुद्ध फिफा विश्वकप छनोट खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेपछि उनलाई धन्यवाद दिनेहरुले शुभकामना पठाउन थालेका छन् ।

२० वर्ष टेकेपछि फुटबल मैदानमा उत्रिएका क्षेत्रीले १९ वर्षको करियरमा ९४ स्ट्राइकका साथ भारतको शीर्ष गोलकर्ता बनेर इतिहास बनाउन सफल भए ।क्षेत्रीले भारतको सबैभन्दा धेरै क्याप गर्ने खेलाडीको रुपमा मैदान छोड्ने छन् ।फिफाले क्षेत्रीलाई वधाई अर्पण गर्दै खेल जगतको तर्फबाट उनलाई सलामी पनि दिएको छ ।