६ फिल्म फ्लप हुँदा संकटमा टाइगर श्राफ

काठमाडौं । कोभिड महामारी अघि अभिनेता टाइगर श्राफ बलिउडमा सबैभन्दा महत्वकांक्षी र उदाइरहेका अभिनेतामध्ये एक थिए । आफ्नो नृत्य शैली र खतरनाक एक्सन सिक्वेन्सले टाइगर बलिउडको सबैभन्दा युवा एक्सन स्टारका रुपमा लोकप्रिय बनेका थिए ।

तर टाइगरका पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाई देखाउन सकेन । जसकारण उनको फिल्मी करियर ग्राफ निकै तल आएको छ । ‘हिरोपन्ती २’, ‘गणपत’ र ‘बडे मियाँ छोटे मियाँ’ को बक्सअफिस असफलतापछि अब टाइगरलाई हिट फिल्मको धेरै आवश्यकता परेको छ ।अहिले टाइगरको हातमा कुनै पनि फिल्म छैन र उनको करियर संकटको अवस्थामा पुगेको छ । ‘रेम्बो यो गर्मीमा सुरु हुने तयारीमा थियो । तर बजेटको समस्याका कारण यसलाई स्थगित गरिएको छ ।

जियोले यो बजारमा टाइगरका साथ महंगो एक्सन फिल्म बनाउन सम्भव नरहेको बताइसकेको छ । ११ वटा फिल्म रिलिज हुँदा टाइगरले हालैमात्र लगातार ३ फ्लप फिल्मका साथ कुल ६ फ्लप फिल्म दिए । कोही खरिदकर्ता नहुनु, खाली क्यालेण्डर र कुनै भाग्य पनि नभएका कारण उनको करियर मन्दीमा छ । बक्स अफिसमा गिरावट आएपछि अहिले उनको हातमा केही छैन’, टाइगर निकट स्रोतले भनेको छ ।

फ्लप फिल्ममा ह्याट्रिक भएपछि निर्माताले टाइगरलाई आफ्नो पारिश्रमिकलाई सिंगल डिजिटसम्म कम गर्न सल्लाह दिइसकेका छन् । एक निर्माताले हालैमात्र टाइगरलाई आफ्नो पारिश्रमिकमा ७० प्रतिशत भन्दा बढी कम गरेर ९ करोड रुपैंयाँ पारिश्रमिक लिन सल्लाह नै दिएका थिए । उनको भनाईमा अहिले टाइगरको कुनै बजार मूल्य छैन ।

उनले ‘बडे मियाँ छोटे मियाँ’ र ‘गणपत’का लागि ३०/३० करोड पारिश्रमिक लिएका थिए । तर दुवै फिल्म फ्लप भएपछि उनलाई नराम्ररी झट्का लागेको छ ।

 

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१