• २०८३ जेठ २२
  • 2026 June 05, Friday

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”

काठमाडौं । बैंकिङ कसुर मुद्धामा फरार रहेका ककनी नुवाकोट ककनी ४ का ३४ वर्षिया विराज तामाङ पक्राउ परेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ४ गते धुम्बाराहिबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको जनाकारी दिएको छ ।

हाल उनी नागार्जुन नगरपालिका वडा नं ०६ बस्दै आइरहेका थिए । सुमन राईको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विराज तामाङ भएको बैंकिङ कसुर मुद्दामा (बिगो २५ लाख) सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।