सहकारीमा तोडफोड, नौ जना पक्राउ

काठमाडौं । सहकारी तोडफोड गरेको आरोपमा कास्की प्रहरीले मंगलबार ९ जनालाई पक्राउ गरेको छ ।

पोखरा–३० शिशुवामा रहेको चक्रदेवी बहुमुखी सहकारी संस्थाको कार्यालयमा तोडफोड गरेर कर्मचारीमाथि हातपातसमेत गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे–५ रिभानमा ३६ वर्षीय प्रकाश बिक, झापाका ४० वर्षीय राजीव प्रसाईं, पोखरा–२७ लेखनाथका ४२ वर्षीय गणेश शाही, २९ वर्षीय समीन विक, २७ वर्षीय सञ्जीव सुनार छन् ।

यसैगरी, पोखरा–२७ का यमबहादुर चौरेली, ४९ वर्षीय कृष्णकुमारी चौरेली, रुपन्देहीका ४७ वर्षीय कमला चन्द र नवलपरासीका वर्षीय ४२ की विष्णु बोहरा पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरुले टेलिफोन तथा इन्टरनेटको तार समेतमा क्षति पुर्‍याएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको डीएसपी वसन्तकुमार शर्माले बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१