• २०८३ असार १३
  • 2026 June 27, Saturday

विदेशीसहित २ सय २३ जनाले गरे रक्तदान

काठमाडौँ । साकाधावा र बुद्ध जयन्तीको अवसरमा आयोजित रक्तदानमा विदेशी नागरिक सहित २ सय २३ जनाले रक्तदान गरेका छन् ।खुड्किलो नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध स्तुपामा आयोजित रक्तदान समारोहमा विदेशी नागरिकसहित २ सय २३ जनाले रक्तदान गरेका हुन् ।

खुड्किलो नेपालको आयोजना श्री बौद्धनाथ क्षेत्र विकास समिति सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रममा प्राविधिक सहयोग कान्तिपुर रक्तसञ्चारको रहेको खुड्किलो नेपालकी अध्यक्ष तारा साम्पाङ राईले जानकारी दिइन ।उनका अनुसार रगत अभावलाई पूर्ति गर्न खुड्किलो नेपालले रक्तदान आयोजना गर्दै आएको छ । देशका विभिन्न स्थान तथा कारागारमा समेत खुड्किलो नेपालले रक्तदान आयोजना गर्दै आएको छ ।

साकाधावा तथा वुद्धजयन्तीको अवसरमा बौद्ध स्तुपामा नै आफूहरूले रक्तदान गर्न पाउँदा कुरा गर्नु भन्दा ठुलो धर्म आफूहरूलाई महसुस भएको रक्तदानमा सहभागीहरूले बताएका थिए ।रक्तदानमा नेपाल, भारत, चीन, भुटान, ताइवान, युकेलगायत विभिन्न मुलुकका पर्यटकहरू सहभागी भएका थिए ।रक्तदानमा ६० प्रतिशतले भन्दा बढिले पहिलो पटक रक्तदान गरेको खुड्किलो नेपालले जानकारी दिएको छ ।खुड्किलो नेपालले रक्त अभाव तथा आँखा सम्बन्धी बिरामीहरूको उपचारमा सहयोग गर्दै आएको छ ।