• २०८३ असार १५
  • 2026 June 29, Monday

एशियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा

काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ ।बिहीबार महासंघले दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दा प्रतियोगिता भोलि जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरको कराँते महासंघ एकडेमि, सातदाबाटो हुने प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्ने जनाएको छ ।

नेपाल सीएचआईटीएफ तेक्वान्दो विभिन्न गतिविधी अन्तर्गत परिवर्तन, विकास र समृद्धी ल्याउनका लागि संघको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गरिरहेको अवस्था तेक्वान्दो खेलको विकास र विस्तार गरी युवा खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जना गर्ने लक्ष्यले प्रतियोगिताको आयोजना गर्न लागेको संघले जनाएको छ ।

महासंघका अनुसार तेक्वान्दो प्रतियोगितामा नेपाल, मलेसिया, बंगलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलंका, सिंगापुरका करिब २ हजार ५ सय खेलाडीहरु सहभागी हुनेछन् ।
प्रतियोगितामा एकल स्पाईरिङ, एकल काँटा र समूह काँटा गरि तीन समूहमा प्रतिस्पर्धा गरिने आयोजक नेपाल चान हुन अन्तरराष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कुलबहादुर बुढामगरले जानकारी दिए ।