• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

रोटरी क्लबले दियो बीएण्डबी हस्पिटललाई ६ डायलासिस मेशिन

काठमाडौं । मृगौला पीडित विरामीको अवस्थालाई मध्यनजर गरेर रोटरी क्लब अफ राजधानीले बीएण्डबी हस्पिटललाई ६ वटा डायलासिस मेशिन हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेशनल ग्लोबल ग्रान्ड मार्फत ती मेशिन आएको क्लवले जनाएको छ ।

मेशिन हस्तान्तरण समारोहमा रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गभर्नर एवं प्लानलिड चेयर बासुदेव गोल्यान, रोटरी डिस्ट्रिक ३२९२ डिआरएफसी कुमुद त्रिपाठी, असिस्टेन्ट गभर्नर राजभाई सुवाल, एआरआरएफसी एम.के. झा तथा हस्पिटलका संस्थापक डा. अशोक बाँस्कोटा र डा. जगदिश बैद्यको उपस्थितिमा मेशिन हस्तान्तरण भएको थियो ।

अस्पतालका संस्थापक डा. जगदिश बैद्य र डा. अशोक बास्कोटाले जीवन बचाउने उपकरण प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । उनीहरुले भने, ‘देशैभरबाट आर्थिक रुपमा विपन्न विरामीहरु हस्पिटलमा आउने गरेका छन् । यसले डायलासिस गर्नुपर्ने विरामीहरुले निःशुल्क रुपमा लाभ लिने छन् ।’
डिआरएफसी कुमुद त्रिपाठीले संसारभरका रोटरीको योगदानबाट यो मेशिन उपलब्ध गराउन संभव भएको बताए ।

रोटरी क्लब अफ राजधानीले ग्लोबल ग्रान्ड अन्तर्गत प्रदान गरेको ६ वटा मेशिनले दैनिक १८ जना विरामीको डायलासिस् हुनेछ ।रोटरी क्लव अफ राजधानीबाट प्राप्त ६ वटा डायलासिस मेशिनबाट २४ घण्टा सेवा दिएको अस्पताल प्रशासनले बताएको छ । स्थानीय तहको सिफारिसको आधारमा अस्पतालले निःशुल्क रुपमा डायलासिस सेवा उपलब्ध गराईएको छ ।