गणतन्त्रलाई वंशवादले ध्वस्त पार्योः सुशिल भट्ट

काठमाडौं— नेपाली कांग्रेसका युवा नेता सुशिल भट्टले गणतन्त्रलाई वंशवादले ध्वस्त पारेको टिप्पणी गरेका छन्। बुधबार जिपी कोइराला लोकतन्त्र सम्बर्धन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘गणतन्त्रको १६ वर्ष, नागरिकको अनुभूती, सुशासनको प्रत्याभूती’ विषायक कार्यक्रममा सो कुरा बताएका हुन्।

कांग्रेसका महासमिति सदस्य समेत रहेका नेता भट्टले गणतन्त्रसँगै व्यवस्था फेरिए पनि नेतृत्व गर्नेहरुको मनस्थिती फेरिन नसकेको भन्दै जनताले वास्तविक गणतन्त्रको प्रत्याभूती गर्न नपाएकोमा जोड दिए। ‘गणतन्त्र स्थापना भएको १६ वर्ष पुग्यो तर गणतन्त्रमा नेतृत्व गर्नेहरुको मनस्थिती नफेरिँदा जनताले वास्तविक गणतन्त्रको प्रत्याभूती गर्न पाएका छैनन्,’ उनले भने।

त्यस्तै पछिल्ला दिनहरुमा स्वतन्त्रको लहर आएको तर स्वतन्त्रताको नाममा पार्टी र व्यक्तिले अराजकतालाई प्रसय दिइरहेको भन्दै कटाक्ष गरे।

काठमाडौं महानगरपालिका मेयर बालेन शाह र स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले भने, ‘कतै स्वतन्त्रबाट जितेको मान्छे सिंहदरबारमा आगो लगाउँछु भन्छ, कतै स्वतन्त्र पार्टीको नाममा जितेको व्यक्तिले अरुलाई विधिलाई टेर्दैन भने कसरी गणतन्त्र संस्थागत हुनसक्छ?’

त्यस्तै तल्लो तहका नागरिकले अनुभूती नगरेसम्म गणतन्त्रको राम्रोसँग संस्थागत हुन नसक्नेमा जोड दिए। साथै पछिल्लो समय गणतन्त्र धरापमा पर्यो भन्ने भाष्य निर्माण गरिए पनि कुनै बाह्य शक्तिबाट नभइ नेतृत्वकर्ताबाटै गणतन्त्र धरापमा परेको जिकिर गरे।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१