अम्बानीको प्रि–वेडिङमा सकिरा र पेरीको प्रस्तुती रहने, यति महंगो छ पारिश्रमिक

काठमाडौं । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहको दोस्रो प्रि–वेडिङ समारोह केहि दिनमा सुरु हुँदैछ । पहिलो प्रि–वेडिङ भारतमा भएपनि यसपटक फ्रान्स र इटालीमा हुने छ ।

समारोह भव्य र मनोरञ्जक बनाउन अम्बानी परिवारले अर्बौ खर्च गरेको छ । पहिलो प्रि–वेडिङमा विश्वमा विशिष्ट व्यक्ती, ख्यातिप्राप्त व्यवसायी र कलाकारहरु सहभागि थिए । महंगो प्रि–वेडिङमा पहिलो पटक महंगा कलाकारहरुले प्रस्तुती दिएका थिए । पपस्टार रिहानाले ७४ करोड भारु पारिश्रमिक लिएकी थिइन् । दिलजीत दोसाँझले ४ करोड भारु पारिश्रमिक लिएका थिए । इशा अम्बानीको प्रि–वेडिङ समारोहमा बियोन्सेले ३३ करोड पारिश्रमिक लिएको चर्चा थियो ।

यसपटकपनि अन्तर्राष्ट्रिय पपस्टार सकिरा र केटी पेरीलाई निमन्त्रणा गरिएको छ । दोस्रो प्रि–वेडिङमा उनीहरुलाई बोलाइएको हो । सकिराले अम्बानीको प्रि–वेडिङ समारोहका लागि १५ करोड भारु पारिश्रमिक लिने जनाइएको छ । केटी पेरीले ४५ करोड भारु लिने द सन युकेले उल्लेख गरेको छ । ब्याकस्ट्रिट ब्वाइजले ५ देखि ७ करोड भारु पारिश्रमिक लिने उल्लेख छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१