‘ज्वाइँ साब’मा ‘जिरे खुर्सानी’का इशान

काठमाडौं । एक समय नेपाल टेलिभिजनमा सर्वाधिक रुचाइएको टेलिसिरियल ‘जिरे खुर्सानी’मा ‘जिरे’को भूमिकामा अभिनय गरेर चर्चित बनेका कलाकार इशान राउत फिल्म ‘ज्वाइँ साब’मा जोडिएका छन् ।
मकवानपुरको चित्लाङमा छायांकन भइरहेको फिल्म ‘ज्वाइँ साब’मा इशानले अभिनय गर्न लागेका हुन् । वसन्त निरौलाको निर्देशनमा बनिरहेको फिल्ममा जितु नेपाल प्रमुख भूमिकामा छन् । जितु ‘जिरे खुर्सानी’का निर्देशकसँगै कलाकार पनि हुन् ।

निर्माण पक्षले इशानको भूमिका कस्तो हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन् । २० दिन चित्लाङमा खिचेर फिल्म युनिट सौराहा र इलाम पुग्नेछ । फिल्ममा जितुको जोडी नीति शाह छिन् ।राजकुमार पण्डितको प्रस्तुतिमा तयार भइरहेको यो फिल्म बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डेलगायतको अभिनय छ ।

तिहारमा रिलिज हुने फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१