टी-२० विश्वकप क्रिकेटः टिम नेपालको स्क्वार्डमा सन्दिप लामिछाने

काठमाडौं । विश्वकप क्रिकेट २०२४ को टिम स्क्वार्डमा लेग स्पिनर सन्दिप लामिछानेलाई राखिएको छ ।

वेष्ट इन्डिज र अमेरिकामा भइरहेको विश्वकपमा नेपाली टोली समूह चरणको एक खेल खेलिसकेको छ भने तीन खेल खेल्न बाँकी छ । अमेरिकामा पहिलो खेल नेदरल्याण्डसँग भयो र नेपालले हार बेहोर्यो अब अर्को खेल अमेरिकामा नै श्रीलंकासँग खेल्ने छ ।

बलत्कार आरोप लागेका सन्दिप लामिछानेले उच्च अदालतबाट सफाई पाएपनि अमेरिकाले भिसा दिएको थिएन । जसकारण अमेरिकामा आयोजित खेलमा सहभागि नभएपनि सन्दिप वेष्ट इन्डिजमा हुने दुई खेल खेल्ने छन् । उनी साउथ अफ्रिका र बंगलादेशसँग खेल्न वेष्ट इन्डिज पुगिसकेका छन् ।

उनलाई अमेरिकाले जान रोक लगाएपछि टिम स्क्वार्डमा परेका थिएनन तर वेष्ट इन्डिजले भिसा दिएपछि उनी त्यता प्रस्थान गरेका हुन् । उनलाई विश्वकप खेलाउनको लागि क्यानले सक्दो प्रयास गरेको सचिव पारस खड्का बताउँछन् । आइसीसीले पनि नेपालको १६ जनाको टोलीमा उनको नाम समावेश गरेको छ ।

आइसीसीको स्क्वर्ड हेर्नलाई यहाँ क्लिक गर्नुहोस्

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१