• २०८३ असार १७
  • 2026 July 01, Wednesday

विदेश पठाउने भन्दै तीनसय जनाबाट १५ करोड ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीन सय जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

विभिन्न प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्स पठाइदिने भन्दै ठगी गर्ने चितवनका राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्तलाई पक्राउ गरि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टरार्ईका अनुसार गिरोहले सामाजिक सञ्जालको दुरुपयोग गर्दै फेक आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीनसय जनाभन्दा बढी मानिसको १५ करोड रुपैंयाँ ठगी गरेका हुन् ।

फेक आइडीबाट सम्पर्कमा आएका नागरिकका लागि किर्ते कागजात बनाई ५ देखि १० लाखसम्म ठगी गर्दै लुक्ने गरेको अुनसन्धानबाट खुलेको एसएसपी भट्टराईले जानकारी दिए । गिरोहले अमेरिका लगिदिने भन्दै विभिन्न देश पुर्याएर अलपत्र पारेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले विभिन्न व्याक्तिहरुका पाँच थान राहदानी, दुई थान मोबाइल सेट, टेलिकमका दुई थान सिमकार्ड, एनसेलको सिम एक थान, राहदानीका सात थान प्रतिलिपि बरामद गरिएको प्रहरीले जनाएको छ ।