बाँसको मुङ्ग्रो प्रहार गरि बहिनिको हत्या गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौ। आफ्नै बहिनीको हत्या गरेको आरोमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको परोहा नगरपालिका–८ की २० वर्षीया तेतरी कुमारी रामको हत्या गरेको आरोपमा उनकै दाई नरकटिया टोल बस्ने २२ वर्षीय दीपन्द्र कुमार रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दीपन्द्र कुमारले घरायसी विवादको कारण रिस आवेगमा बाँसको मुङ्ग्रोले हान्दा गम्भीर घाइते भएकी तेतरीको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उनीमाथि ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१