२ लाख ४२ हजार विद्यार्थी ११ कक्षा पढ्नबाट बञ्चित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ।

७ बजेपछि बसेको बोर्डको बैठक सकिएपछि नतिजा सार्वजनिक गरिएको हो । जसअनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख २२ हजार ४ सय ७२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका छन् ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी (एनजी) फेल भएका छन्। २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ। यस्तै, १८६ जनाले चार जीपिए ल्याएका छन्।

गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१