• २०८३ असार १६
  • 2026 June 30, Tuesday

खोला वरिपरि घर बनाउन सरकारले मापदण्ड बनाउनुपर्छ : सांसद राणा

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी छन् ।

मङ्गलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी हुन् ।उनले बोल्दै भनिन्, ‘नेपाल सरकारले कुन ठाउँमा बस्ती बसाउनलाई सुरक्षित हो। कुन ठाउँमा बस्ती बसाउनलाई सुरक्षित होइन भनेर भनिदिनुपर्छ ।

भूमी सुधार मन्त्रालय छ, तर मन्त्रालयले जहाँको पनि जग्गा किनबेच गर्न दिन्छ । मध्यवर्ती क्षेत्र जीवजन्तुको सुरक्षाको लागि राखेका छौँ । तर मान्छेको सुरक्षाको लागि पनि खोलाको वरिवरि घर बनाउनु हुँदैन ।

कहाँसम्म बनाउने, कहाँसम्म नबनाउने भन्ने मापदण्ड हाम्रो देशले पनि तयार पारेर दिनुपर्छ ।’उनले मानिसहरुले खोला वरिवरि घर बनाउँदा विपद् पर्ने गरेको भन्दै खोला वरिपरि कति दूरीसम्म घर बनाउन सकिन्छ भन्नेमा मापदण्ड नै बनाउनुपर्ने बताइन् ।