• २०८३ जेठ २५
  • 2026 June 08, Monday

बाढी –पहिरो पीडित नागरिकको उद्धारकोलागि पहल गर्न सरकालाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षाका कारण आएका समस्याप्रति तीन तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार प्रेस विज्ञाप्ती जारी गर्दै अविरल वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परी दर्जनौं नागरिकले ज्यान गुमाइसकेको, ठूलो संख्यामा नागरिकहरु घाइते, वेपत्ता भएको भन्दै उनीहरुको उद्धारको लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न पनि नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

यस्तै, प्रभावित जिल्लाका नेपाली कांग्रेसका भ्रातृ संगठनमा रहेका सदस्यहरुलाई पनि उद्धार र राहतको कार्यमा सहयोग गर्न अपील गरेको छ ।