• २०८३ जेठ २५
  • 2026 June 08, Monday

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोवारको दिन नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार रूपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ ।त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ७ सय ३० रूपैयाँमा कारोवार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भइरहेको छ ।