• २०८३ साउन १२
  • 2026 July 28, Tuesday

विश्व बैंकको १३ अर्ब ३३ करोड ऋण स्वीकार

काठमाडौं । सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ ।

बिहीबार बसेको मन्त्रपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुब्बा गुरुङ्ले १३ अर्ब ३३ करोड नेपाली रुपैंयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

उनले भने,‘विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन अर्थात एक हजार मिलियन अमेरिकी डलर १३ अर्ब ३३ करोड नेपाली बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ ।’

त्यस्तै १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूचि स्वीकृत गर्ने पनि निर्णय भएको जानकारी दिए ।उनले भने,‘राष्ट्रिय परिचयपत्र वितरण निर्देशिका २०७५को दफा १५ को उपदफा २ बमोजिक १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूचि स्वीकृत गर्ने ।’