तस्बिरमा कालिगण्डकी नदीदेखि आशापुर्णेश्वर महादेव मन्दिर तित्याङसम्म कलश यात्रा

बाग्लुङ । शिवालय मन्दिर व्यवस्थापन तथा संरक्षण समितिको आयोजना र चारतारे युवा क्लव सिवाईसी नेपालको व्यवस्थापनमा सोमवार कलश यात्रा सम्पन्न गरिएको छ ।

प्रत्येक वर्ष शिवालय मन्दिर व्यवस्थापन तथा संरक्षण समिति बागलुङ नगरपालिका वडा नं. ९ शिवपुरी तित्याङले कलश यात्रा गर्ने गरेको छ ।

यसैबीच यस वर्ष पनि श्रावण १४ गते सोमबार कलश यात्रा सम्पन्न भएको छ । कलश यात्रा गर्ने टोलि आशापुर्णेश्वर महादेव मन्दिरबाट भजनकृतन सहित बागलुङ नगरपालिका वडा नं.१ मालढुङ्गा स्थित पवित्र कालिगण्डकीको तटमा पुगी कलशमा जल बोकी मन्दीरमा पुगेर महादेवको मुर्तिमा जल अर्पण गरेका थिए । कालीगण्डकी नदीको जल पवित्र मानेर मन्दिरमा चढाउने गरिन्छ ।

तस्बिरहरुः सुमन जि.सि

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१