
काठमाडौं । सरकारले सहकारी पीडितका समस्याहरु समाधान गर्न पटक–पटक सहमति गरेर कार्यान्वयन नगरको भन्दै सहकारी पीडितहरु फेरि आन्दोलित भएको छन् ।
बिहीवार सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को नेतृत्वमा रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
सरकार संवेदनहीन बनेको गुनासो गर्दै ‘‘सहकारी सञ्चालक पाँचतारे होटलमा मोज गर्दै सक्सी र मासुमा, हामी पीडित सडकमा भोकै पिडा र आँसुमा’’ लगायत प्लेकार्डमा नारा लेखि सहकारी पीडितहरु मुखमा टेप लगाएर प्रदर्शन गरिरहेका छन्।