• २०८३ जेठ २५
  • 2026 June 08, Monday

वडाको उपहार जडिबुटी चिया, टोकरी र कुचो

काठमाडौ। मुगुको छाँयानाथ रारा नगरपालिकाले पहिलो चरणमा वडा पालिमाका आउने पाहुनाहरुलाई स्थानीय जडिबुटीबाट बनेको चिया, निगालोको फोहोर फाल्र्ने टोकरी र निगालोबाट निर्माण गरिएका कुचो उपहार दिने भएको छ ।

१२ नम्बर वडा पालिका सरकारले आफ्नो वडापालिका भित्र रहेका स्थानीय नागरिकहरुको स्वास्थ्य, शिक्षा, आय आर्जनमा सीपमुलक तालिमबाट परिवर्तन गरि आत्मनिर्भर बनाउनका लागि प्राकृतिक स्रोतलगायत बिभिन्न स्थानीय स्रोतको पहिचान निर्माण गर्दै उपहार दिने परम्परा सुरु गरेको हो ।
मुगुमा रहेका ५४ वडामध्ये एक मात्र फरक समुन्द्र सतहदेखि ४६ सय ३३ मिटरको उचाइमा रहेको वडाभित्र रहेका बिभिन्न रैथाने बस्तुहरुबाट बनेका परिकारहरुको प्रचार प्रचार गर्ने उद्देश्यले जडिबुटीबाट तयार गरेका चिया र निगालोबाट बनाएका बस्तुहरु पाउनाहरुलाई विक्री एवम उपहार दिने परम्परा बसाल्न खोजिएको १२ वडा नम्बरका वडा सचिव हेम बहादुर बढुवाल बताए ।

मुगुको मुख्य पर्यटकको केन्द्र रारा ताल रहेपनि नगरपालिका वडा नम्बर १२ मा रहेका अन्य तालहरुको प्रचार प्रसार गरिने, वडाबासीको आय आर्जनमा बृद्धि गर्न नयाँ अवधारणा सुरु गरिएको पतिराम बुढाले बताए ।

नयाँ अवधारणा अनुसार वडाभित्र रहेका सात तालको प्रचार प्रचार जडिबुटीको प्रवद्र्धन, निगालोबाट तयार गरिने फोहोर फाल्र्ने टोकरी, झाडुलगायत जुता ,किताबकापी राख्ने र्याक निर्माण गर्ने साथै स्थानीय खाद्यान्न बालीहरुको उत्पादनमा प्राथमिकता दिइएको वडा नम्बर १२ का वडाध्यक्ष आइतुराम रोकायले जानकारी दिए ।