• २०८३ असार १४
  • 2026 June 28, Sunday

बंगलादेशमा संसद भंग, खालेदा जिया जेलमुक्त

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेको २४ घण्टापछि देशको संसद् भंग भएको छ ।

राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मंगलरबार देशको संसद् भंग गरेका हुन्। राष्ट्रपति कार्यालयको प्रेस विभागले एक सूचना जारी गर्दै संसद् भंग भएको जानकारी दिएको छ ।

आन्दोलनरत विद्यार्थी नेताहरूले मंगलबार दिउँसोसम्म संसद भंग गर्न अल्टिमेटम दिएका थिए। विद्यार्थी नेताहरूले सेना नेतृत्वको सरकार स्वीकार्य नहुने बताउँदै आएका छन् । उनीहरुले नोबल पुरस्कार बिजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउँदै आएका छन्।
त्यस्तै यता, जेलमा रहेकी पूर्वप्रधामन्त्री बेगम खालेदा जिया मुक्त भएकी छन्। राष्ट्रपतिले खालेदा जियालाई रिहा गर्ने आदेश दिएपछि उनी मङ्गलवार अपरान्ह जेलमुक्त भएको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन् ।