जापान । ‘हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी समृद्ध गराऔँ’ भन्ने उद्धेश्यका साथ २००६ सालमा स्थापना भयको यस संस्थामा गल्कोट समाज जापानको ऐतिहासिक आठौँ अधिवेशनबाट केन्द्र अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित रत्नसिंह बस्नेतलगायत नवनिर्वाचित सम्पूर्ण कार्यसमितिले जिम्मेवार र संस्थाको पद तथा गोपिनियताको शपथ ग्रहण गरेका छन् ।

हाम्रो यस संस्था गल्कोट समाज जापान सद्भाव, एकता, सहकार्य र आपसी सम्बन्धको विकास गर्दै आम गल्कोट बासीको अपनत्वसहितको समाज निर्माण गर्नका लागि गल्कोट समाजले गलकोटे मनहरूलाई जोड्दै भातृत्वको भावना विकास गराइ जापानमा रहेका गलकोट क्षेत्रबाट आइ विभिन्न पेशा व्यवसाय अध्ययनलगायतका अन्य क्षेत्रमा क्रियाशील रहेकाहरूलाई जापानमा सिकेको सीप ज्ञान र लगानीलाई जन्मभूमिमा लगाउन उत्प्रेरित गर्दै आइरहेको संस्था हो ।

जापानमा नव निर्वाचित अध्यक्ष रत्नसिंह बस्नेतको अध्यक्षता नागोयामा बसेको पहिलो बैठकमा छिमेकी पालिका बडिगाड गाउँपालिकामा विपदमा रहेका नागरिकहरुको तत्काल राहतको लागि सहयोग गर्ने निर्णय गरिएको थियो जसमध्ये गलकोट समाज जापानले बडिगाड गाउँपालिकामा बिपदमा परेका नागरिकहरुको तत्काल राहतको लागि रु १ लाख ११ हजार १ सय ११ आर्थिक सहयोग गर्ने निर्णय गरेको कार्य समिति सदस्य दिपक सुबेदी ‘बिप्लब’ ले जानकारी दिए ।