• २०८३ असार १४
  • 2026 June 28, Sunday

सरकारले गर्यो सचिवहरुको सरुवा र सेनाहरुको बढुवा

काठमाडौं । सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गरेको छ ।

बुधबार साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्ब गुरुङले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उद्यराज सापकोटालाई कानुन न्याय तथा संसोधन मामिला मन्त्रालयको सचिवमा र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सचिव पदमा सरुवा गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

उनले भने,‘सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उद्यराज सापकोटालाई कानुन न्याय तथा संसोधन मामिला मन्त्रालयको सचिवालको सचिवमा र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सचिव पदमा सरुवा गरेको छ ।’
त्यस्तै नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी पदमा, चार जना महासेनानीलाई सहायक रथी पदमा, एक जना प्रमुख सेनानीलाई महासेनानी पदमा र एकजना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय पनि उनले जानकारी दिए ।

‘नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी पदमा, चार जना महासेनानीलाई सहायक रथी पदमा, एक जना प्रमुख सेनानीलाई महासेनानी पदमा र एक जना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ’उनले भने।

साथै श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई तोक्ने निर्णय पनि बैठकले गरेको छ ।