• २०८३ असार १६
  • 2026 June 30, Tuesday

सेयर कारोबारमा नयाँ रेकर्ड, २८६० अंकमा नेप्से

काठमाडौं । आइतबार सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । यस दिन कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि २२ साउनमा २३ अर्ब ७१ करोडको रेकर्ड बनेको थियाे । उक्त रेकर्ड ५ दिनमै तोडिएको हो ।

कारोबार मात्रै नभई बजारको परिसूचक पनि २८०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ ।

२२५ कम्पनीको मूल्य बढ्दा १५ को घटेकाे छ भने २ को स्थिर रहेको छ ।

नेसनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी, सिंगटी हाइड्रोपावर, रिडी पावर, अरुणभ्याली हाइड्रोपावर, एनआईसी एसिया लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अरुण काबेली पावर तथा शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

निफ्रा, थ्रीस्टार हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढ्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । युनिलिभर नेपालको ३.८५ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, निफ्रा, नेपाल फाइनान्स तथा माथिल्लो तामाकोशी क्रमशः अगाडि रहे ।