• २०८३ असार १६
  • 2026 June 30, Tuesday

आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने राष्ट्रिय नारासहित मनाइँदैछ।

दरबारमार्गस्थित एक होटलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको संयोजकत्वमा गठित मूल समारोह समितिले विषेश कार्यक्रम गर्दैछ।

राष्ट्रिपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहान साढे ९ बजे मूल समारोह शुरु भएको राष्ट्रिय युवा परिषद्ले जनाएको छ ।