• २०८३ असार १४
  • 2026 June 28, Sunday

प्रदीप गिरि कर्मठ र इमान्दार राजनीतिज्ञ हुनुहुन्थ्यो : शक्तिबहादुर बस्नेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले प्रदीप गिरि समाजवादी चिन्तकको रुपमा चिनिएका नेता भएको बताएका छन् ।

मंगलबार नेपाली कांग्रेसकानेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले प्रदीप गिरि कर्मठ, इमान्दार राजनीतिज्ञको छवी बनाउन सफल नेता भएको बताएका हुन् ।उनले भने, ‘उनमा भएको एउटा चिन्तनशीलता, विचार, प्रवृत्ति महत्वपूर्ण छ । त्यसैले उहाँ एक समाजवादी चिन्तक, सादगी, चिन्तनशील राजनीतिज्ञ र कर्मठ एवम इमान्दार राजनीतिज्ञको रुपमा आफूलाई स्थापित गर्नुभएको छ ।’

साथै उनले नेपाली समाजले अझै स्व.प्रदीप गिरिको आश्यक्तालाई बढी महसुश गरिरहेको बताए । उनले गिरि पार्टी भित्र मात्र नभइ हरेक नागरिक समाज लागि उत्तिकै प्रिय भएको बताए ।

उनले भने, ‘एउटा पार्टीको सीमाभित्र मात्र होइन् पार्टी बाहिर पनि आन्दोलनका सबै अभियन्ताहरुको सम्मान, आस्था र विश्वासको प्रतिकको रुपमा आफूलाई स्थापित गराउनुभयो । उहाँ कांग्रेसभित्र त प्रिय हुनुहुन्थ्यो नै तर समाजवादी एवम लोकतान्त्रिक आन्दोलन भित्र, राजनीतिक पार्टीभित्र र नागरिक समाज सबैको लागि उत्तिकै प्रिय हुनुहुन्थ्यो ।’