• २०८३ असार १६
  • 2026 June 30, Tuesday

दुई स्पेनिस पर्यटक बेपत्ता

काठमाडौ । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।कास्कीको अन्नपूर्ण गाउँपालिका–९, तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएका हुन् ।

उनीहरु भुरूङ्ग्दी खोलाको पुल मुनि रहेको पुरानो बाटोबाट हिड्दा खोलाले बगाएको हुन सक्ने आकलन गरिएको गाउँपालिका प्रवक्ता भरतराम गुरुङले जानकारी दिए ।आइतबार मात्रै बिरेठाँटीस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्टमा नाम टिपाएर उल्लेरी लागेको उक्त युगल जोडीको सोमबार दिनभर खोजि गरिएको भएपनि फेला बताइएको छ ।

उनीहरुको खोजीका लागि मंगलाबार गोताखोर परिचालन गर्ने तयारी भएको बताइएको छ ।
मंगलबार गोताखोरसहितको टोलीले खोलामा खोजी गर्नेछ । पर्यटक हराएको जानकारी दूतावासलाई गराइएको प्रवक्ता गुरुङले बताए ।