निलुवा समाज जापानको तीजकाे दर तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

जापान । जापान निलुवा समाज जापानको तीजको दरखाने तथा शुभकामना आदान–प्रदान कार्यक्रम टोकियोमा सम्पन्न भएको छ ।

निलुवा समाज जापानले आयोजना गरेको तीजको दरखाने तथा शुभकामना आदान–प्रदान कार्यक्रम टोकियोमा सोमबार ताचिकावा indian restaurant sunrise मा सम्पन भएको हो ।

बागलुङ जिल्ला गलकोटको ‘सुन्दर निलुवा हाम्रो सान पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मूल नाराका साथ २०१५ सालमा याे संस्थाकाे स्थापना भएकाे थियाे । त्यसयताका वर्षहरुमा संस्थाले तीजविषेश कार्यक्रम गर्दै आएकाे छ ।

विदेशी भुमिमा रहेर पनि चाडपर्वको अवरसरमा आयोजना गरिएको कार्यक्रमले विदेशी भुमिमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीका बिचमा आपसी सद्भाव, एकता र भाइचारा सम्बन्ध कायम गर्नुको साथै नेपाली मौलिक पर्व तीजलाई प्रोत्साहन कला र संस्कृतिको प्रवर्द्धन, संरक्षण हुने कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष हरिप्रसाद सुवेदीले बताए ।

कार्यक्रम समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरिप्रसाद सुवेदीकाे अध्यक्षता सम्पन्न भएकाे थियाे । कार्यक्रमको प्रमुख अतिथि संस्थापक अध्यक्ष तथा संरक्षक भोजेन्द्र सूबेदी आतिथ्यतामा निवर्तमान अध्यक्ष थम क्षेत्री विशिष्ट अतिथि र अतिथिमा संस्थाका सल्लाहकार बिस्नुप्रसाद सुबेदी, बिस्नु सुबेदी र खरुवा समाज जापानका प्रतिनिधि मार्कन्ड न्यौपानेलगायत विभिन्न व्यक्तित्वहरुको अतिथ्यतामा कार्यक्रम संस्थाका महासचिव भूमीराज सूबेदी ठीटोले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य पुरुषोत्तम सुवेदीले दिएका थिए ।

परदेशमा व्यस्त समयकाे बाबजुद पनि कार्यक्रम आयोजना गरी निमन्त्रणा गरेकाेमा पानु सुवेदीले धन्यवाद व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा निमन्त्रणा स्वीकार गरी आएका सम्पूर्णलाई संस्थाका प्रवक्ता राज शर्माले आभार व्यक्त गरे । यसैगरी, सेप्टेम्बर ४ तारिखमा ओसाकामा Namasta surya Indian Nepali restaurants Mikaga मा 6:00pm बाट हुन लागेकाे तिजको दर खाने कार्यक्रममा पनि उपस्थितिकाे लागि अनुरोध गरेको पनि दिपक सुबेदी विप्लवले हुलाक सञ्चारलाई जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१