• २०८३ साउन १२
  • 2026 July 28, Tuesday

अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय विधेयक पारित

काठमाडौँ । अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिबाट १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए चार वर्षसम्म कैद सजाय हुने प्रावधानसहित विधेयक पारित भएको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए ।

उनले भने,‘मा चेक अनादर प्रमाणित भएमा १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्म तीन महिना, एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँको दुई वर्ष र १० करोडभन्दा माथि जतिसुकै बिगो भएतापनि ४ वर्षसम्म थप कैद सजाय हुने सहमतिसँगै विधेयक पारित भएको घोषणा गर्दछु ।’