शिर्ष दलकाे प्रतिष्ठाकाे लडाईँले पाेर्चुगलमा नेपाली मारमा, आवाज उठाउनेलाई धम्की !

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलभित्र शीर्ष दल (एमाले, कांग्रेस र माओवादी)का नेताका कारण पाेर्चुगलमा रहेका आम सर्वसाधारण नेपालीले सास्ती खेप्न परेकाे गुनासाे पाेर्चुगलमा रहेका नेपालीहरुले गरेका छन् ।

एनआरएनए पोर्चुगलकाे निवर्तमान अध्यक्ष र वर्तमान अध्यक्षबीच सामाजिक सञ्जालमा आर्थिक चलखेल गरेकाेदेखि विभिन्न किसिमकाे आराेप प्रत्याराेप नै चलेकाे छ । वर्तमान अध्यक्ष दीपा काफ्लेले निवर्तमान अध्यक्ष उमेश कुमार खड्काले आर्थिक चलखेल गरेको आराेप लगाएकी छन् ।

पोर्चुगलको लिस्बनमा सञ्चालन भएको कागजपत्र प्रमाणीकरण शिविरमा निवर्तमान अध्यक्ष खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पहिलाको ४० र ५० हजार कोष र डकुमेन्ट प्रमाणिकरणमा राजस्व बाहेकको पैसा उठाएर लाखौँ युरो घाेटाला गरेकाे आराेप उनकाे छ ।

अगस्ट २७ तारिकमा फ्रान्स दुतावासबाट आयको घुम्ती टोलीलाई नेपालबाट आएकाहरुलाई पैसाको प्रलाेभनमा पारी पोर्चुगलको सरकारी नियममा अनविज्ञ नयाँ आएका सुर्य खड्कालगायतलाई भोलेन्टियरको विल्ला भिराएर सर्वसाधारणबाट १० देखि १०० युराेसम्म अशुल गर्न लगाएको र एनआरएनएकै लेटर प्याड प्रयोग गरि प्रेस विज्ञप्ती जारी गर्दै आफ्नै फेसबुकमार्फत उनीहरुकाे विराेध गर्नेलाई चेतावनीसहित पोष्ट गरेको उनले बताइन् ।

उनले बुधवार एक विज्ञप्ती जारी गर्दै निवर्तमान अध्यक्ष उमेश कुमार खड्काले गैरआवासीय नेपाली संघ, पोर्चुगलको लेटरहेड दुरुपयोग गरी विज्ञप्ति निकाल्ने तथा पत्राचार गरी गैरकानुनी कार्य गरेको र सो कार्य तत्काल रोक्न आह्वान पनि गरेकी छन् । अन्यथा कानुनी कारवाहीमा जान बाध्य हुने कुरा समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्मरण रहाेस् एनआरएनए पाेर्चुगलकाे लेटरहेडमा दिपा काफ्ले र उमेशकुमार खड्का दुवैले आफूलाई अध्यक्ष उल्लेख गरेका छन् । ३० जुलाई २०२३ मा सम्पन्न गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्‌, पोर्चुगलको नवाैँ राष्ट्रिय महाधिवेशनको म्याण्डेड अनुसार एक-एक वर्ष अध्यक्षको कार्यकाल बाँढ्ने सहमति अनुसार उमेशकुमार खड्काको कार्यकाल ३१ जुलाई २०२४ मा समाप्त भएको र अहिले आफू अध्यक्ष रहेकाे दिपा काफ्लेले बताएकी छन् ।

घुम्ती टोलीले काम गरिरहेकै बेलामा उमेश खड्काले राजनैतिक प्रतिशोध साँधेर दिपा काफ्लेलाई अश्लिल शब्दसमेत प्रयोग गरेको प्रत्यक्षदर्शिहरुले बताएका छन् ।

सामाजिक सञ्जालमा खड्काको पोष्टमा राजस्व तिरिसकेको व्यक्तिहरुलेसमेत अझै पुलिस रिपोर्ट नपाएको गुनासाे गरिरेहेका छन् भने पीडितहरुको फोन नउठाई उमेश खड्का सम्पर्कविहीन भएको उनकाे आराेप छ । यस विषयलाई एनआरएनए केन्द्रले चासोका साथ हेरिएको पनि उनले बताइन् ।

उनले भनिन्, ‘पोर्चुगलमा बसोबास गर्ने सर्वशाधारण नेपालीहरुले कागज प्रमाणीकरणको विषयले कहिले सम्म दुःख पाउनुपर्ने हो ? यो नेपाल सरकार परराष्ट्र मन्त्रालय र फ्रान्स दुतावासले जवाफ दिनुपर्ने बेला आएको छ ।’’

पोर्चुगलमा सिंहकाे लडाइमा बाच्छाकाे मिचाइ जस्तो भएको छ । यो अवस्थाले पोर्चुगलमा बसोबास गर्ने सर्वसाधारण नेपालीहरुलाई कागजि प्रकृयामा इतिहासकै ठूलो झड्का लागेको उनकाे तर्क छ ।

पोर्चुगलको लिस्बिनमा सञ्चालन भएको नेपाली राजदुतावास पेरिस, फ्रान्सको आयोजना र गैरआवासीय नेपाली संघ पोर्चुगलको समन्वय एवम सहजीकरणमा २९ अगस्टदेखि ७ सेप्टेम्बरसम्म प्रहरी रिपोर्ट लगायतमा विभिन्न काजपत्र प्रमाणीकरण शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा करिब ३४/३५ सय सेवाग्राही मध्ये २४ सय ६८ जना सेवाग्राहीले सेवा लिएपनि अहिलेसम्म प्रहरी रिपोर्ट नआएको र बाँकी सेवाग्राहीले सेवाबाट बञ्चित हुनुपरेको थियो ।

तर निवर्तमान अध्यक्ष खड्काले भने आफूहरुले गलत नगरेकाे जिकीर गरेका छन् । कागजात प्रमाणीकरण जस्तो अत्यन्त संवेदनशील, जटिल र अत्यावश्यक कामकाे आयोजनाबाट सेवाग्राहीले पाएकाे सेवा नदेखेकाे, थाहा नपाएकाे जसरी पोर्चुगलको समाजमा अराजकता र भ्रम फैलाउन केही व्यक्ति र तत्वहरु लागेकाे बताउँछन् ।

उनले राजदूतावास पेरिस फ्रान्स, गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष आफू, वरिष्ठ उपाध्यक्ष दीपा काफ्ले, विभिन्न संघ संस्थाका अध्यक्ष एवं सामाजिक अगुवा र शिविरमा खटिनु भएका स्वयंसेवक साथीहरूको बारेमा नकारात्सक टीकाटिप्पणी गरी टिकटक, युट्युबलगायत विभिन्न सामाजिक संजालहरुमा भिडियो बनाइ पोस्ट गरेकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको आफ्नाे विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेपाली युवाकाे आक्राेश

पछिल्लाे समयमा पाेर्चुगलकाे कन्सुलर सेवा बन्द भएपछि त्यहाँका नेपालीहरु कागजपत्र प्रमाणीकरण गराउन निकै सास्ती खेपिरहेका छन् ।

नेपाली नागिरकले सास्ती खेपिरहँदा र अलपत्र परिरहँदा पनि पीडितहरुकाे पक्षमा कुनै पनि नेपालि व्यवसायीहरुले आवाज नऊठाई मौन वसेको कारण युवा अभियन्ता केशव प्रसाद वास्तोलाले नेपाली व्यवसायीहरु क्रमश -टंक सापकोटा, लक्ष्मिप्रसाद सापकोटा, पाेर्चुगलका सफल व्यवसायी सूर्य हमाललगायत अन्य दिग्गज व्यक्तिहरु परराष्ट्र सचिव फ्रान्सका राजदूतलगायत पोर्चुगलका सम्पूर्ण संस्थाका पदाधिकारिमाथि कडा आक्राेश पाेखेका छन् । उनले आफू एक्लै भएपनि पीडितहरुको पक्षमा आवाज उठाउने जानकारी दिए ।

उनका अनुसार पाेर्चुगलमा अहिले जे भइरहेकाे छ त्याे नेपालकाे राजनीतिक खिचातानीसँग जाेडिएकाे छ । विदेशमा पनि नेपालकाे राजनीतिकाे धङधङी बाेकेर कयाैँ मानिसलाई सास्ती दिएकाे उनकाे आराेप छ । उनी भन्छन् ‘यहाँकाे नेतृत्वमात्र हाेइन, नेपालका शिर्ष नेताका कारण नै हामीले यहाँ दुख पाइरहेका छाैँ ।

पाेर्चुगलमा मारमा परेका नेपालीहरुकाे लागि कागजपत्र प्रमाणिकरणका लागि फ्रान्सबाट गएकाे घुम्ती टाेली अघिल्लाे साता नै फर्किसकेकाे बास्ताेला बताउँछन् ।

सयौँ सर्वसाधारणले राजश्व तिरिसकेकाे डकुमेन्टहरु हातमा नपरेर चिन्तित भएकाे उनकाे भनाइ छ । उनी प्रश्न गर्छन् ‘यसकाे नैतिक जिम्मेवारी कसले लिने ?’ यसको नैतिक जिम्मेवारी एनआरएनए पाेर्चुगल र फ्रान्सस्थित नेपाली दूतावासले लिनुपर्छ । उनले यसबारे आफूले बाेल्न खाेज्दा ज्यान मार्नेसम्मकाे धम्की आएकाे दाबी पनि गरेका छन् । उनले सूर्य खड्काकाे नेतृत्वमा रहेका युवाहरुकाे टाेलीले आफूलाई बाेल्न नदिएकाे गुनासाे समेत गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१